माधव नेपालले पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राख्ने
नेपालखोज
२०७८ भदौ ४ गते १४:५८

काठमाडौं । निर्वाचन आयोगले एउटा पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने सुझाव दिएपछि माधकुमार नेपालले गठन गरेको नयाँ पार्टीको नाम फेरिएको छ ।
नेपालले नेकपा एमाले (समाजवादी) दर्ताका लागि बुधबार निवेदन दिएका थिए तर, एमालेसँग नाम मिल्दोजुल्दो भएपछि आयोगले अर्को नाम ल्याउन भनेको थियो । उनीहरुले आज आयोगमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राख्नका लागि निवेदन दिएको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया