बुधबार, जेठ १, २०८२

महिला फुटबलमा नेपालको वरीयता खस्कियो

नेपालखोज २०७८ भदौ ४ गते १५:२५

काठमाडौं । विश्व महिला फुटबलमा नेपालको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (शुक्रबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय १ औं स्थानमा पुगेको हो ।

अघिल्लोपटकको वरीयतामा नेपाल सयौं स्थानमा थियो । नेपाल एसियाली राष्ट्रको वरीयतामा भने २१औं स्थानमा छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता भने नेपाल दोस्रो स्थानमा रहेको फिफाले जनाएको छ ।

नेपालभन्दा अघि रहेको भारत ५७औं स्थानमा छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । यस्तै स्विडेन दोस्रो स्थानमा उक्लँदा जर्मनी तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्ड्स चौंथो र फ्रान्स पाँचौं स्थानमा छन् ।

नयाँ वरीयतामा क्यानडा छैटौं, ब्राजिल सातौं, इंग्ल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १०औं स्थानमा छन् ।

प्रतिक्रिया