नेता गिरिको घाँटीमा क्यान्सरकाे लक्षण देखियाे

नेपालखोज २०७८ भदौ ४ गते १८:०९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा क्यान्सर लक्ष्यण देखिएको छ । भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर क्यान्सर देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए । उनलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई गएका थिए । निधिले शुक्रबार बिहान अस्पताल पुगेर नेता गिरिलाई भेटेका हुन् ।

प्रतिक्रिया