२ हजार ७५ संक्रमित थपिए, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ३८२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७०३ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२४ र ५ हजार ३७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५१ जना गरी जम्मा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ४२३ र आइसोलेसनमा ३९ हजार ३२१ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख ४५ हजार ७३१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया