कृषिबाटै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ : अर्याल

काठमाडौं । पूर्वमन्त्री पद्माकुमारी अर्यालले कृषिबाटै देशको अर्थतन्त्र बलियो बनाउन सकिने दाबी गरेकी छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–२ मा रहेको जनकल्याण साना किसान कृषि सहकारी संस्थाले गरेको बाख्रा प्रबद्धन कार्यक्रममा उनले कृषिमा आधुनिकीकरण गर्दै व्यावसायिक कृषि कर्म गरेमा देशको अर्थतन्त्र माथि उठाउन सकिने बताएकी हुन् ।
उनले सबै वडा कृषि उपजमा आत्मनिर्भर बनाउन आफू कृषिमन्त्री हुँदा थुप्रै कार्यक्रम ल्याएको उल्लेख गरिन् । ती कार्यक्रमलाई निरन्तरता दिनसके किसानको आयआर्जनमा वृद्धि हुने उनको विश्वास छ ।
दूध, अण्डा, मासु र तरकारीजन्य वस्तु मात्र अर्बौँको आयात हुने गरेको अवस्थामा समूहमार्फत व्यावसायिक कृषि गर्दै आयातलाई रोक्नु अहिलेको आवश्यकता रहेको पूर्वमन्त्री अर्यालको भनाइ थियो । कृषकले माटो सुहाउँदो फलफूल तथा तरकारी नलगाएकै कारण कृषकको आम्दानीमा कमी आएको उनले बताइन ।

प्रतिक्रिया