कर्माचार्यले गरे १६७औं पटक रक्तदान

नेपालखोज २०७८ भदौ ६ गते १०:४१

काठमाडौं । स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७औं पटक रक्तदान गरेका छन् ।

न्यु एक्टिभिटिज क्लबले धादिङको धुनिबेंसी ४, खत्रीपैवामा गरेको विशेष रक्तदान एवं अभिनन्दन कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन् । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।

क्लबका संस्थपक एवं सल्लाहकार राजाराम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शतक रक्तदाता कर्माचार्य र स्वास्थ्य सेवा विभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा. मनिता राजकर्णिकार, काठमाडौं २० का वडा नगर समिति अध्यक्ष राम रञ्जित अतिथि थिए ।

क्लबका अध्यक्ष राजेन्द्र लामा (राजीव) को सभापतित्वमा भएको कार्यक्रममा कर्माचार्यलाई क्लबका तर्फबाट सार्वजनिक अभिनन्दन गरिएको थियो ।

प्रतिक्रिया