लैनचौरमा खुल्यो कफी बेबी, नायिका पूजा शर्माले गरिन् उद्घाटन (भिडियोसहित)

नेपालखोज २०७८ भदौ ६ गते २१:१६

काठमाडौं । काठमाडौंको लैनचौरमा कफी बेबी सञ्चालनमा आएको छ । संगीतकार अर्जुन पोखरेल, गायिका दुर्गा खरेललगायत उपस्थित विशेष समारोहमा नायिका पूजा शर्माले कफी बेबीको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहपछि कलाकारहरूले कुराकानीको क्रममा सामान्य ठट्टा गरेका थिए । नायिका पूजा शर्माले भने कफी सपको नामकरण ‘कफी बेबी’ निकै मन परेको बताइन् । उनले भनिन्, ‘आफ्नो प्यारो मानिस अथवा मनपरेको कुरालाई बेबी भनेर सम्बोधन गरिन्छ । त्यस्तै कफीको पारखीहरूलाई पनि ‘बेबी’ शब्दले झन् मोहित गराउन सक्छ । ’

पत्नी दुर्गा खरेलसहित उपस्थित भएका संगीतकार अर्जुन पोखरेलले घुमाउरो तरिकामा परिवारमा छिट्टै नयाँ सदस्य थपिने बताए । कफी सपको नामसँग आफ्नो जीवनलाई जोड्दै उनले ठट्टा गर्दै भने, ‘दुर्गासँगै कफी आयो अब कफीसँग बेबी आउँछ जसको लागि प्रयास जारी छ ।’

कफी बेबीका सञ्चालक सुवास शर्माले कफी पारखीलाई नयाँ गन्तव्य थपिएको बताए । कफीका ‘डाइहर्ट फ्यान’ लाई फरक स्वाद दिनकै लागि ‘कफी बेबी’ सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

आफ्नो छुट्टै पहिचानसहित ‘कफी बेबी’ आजबाट औपचारिक रुपमा लौनचौरको टोयोटा सोरूम नजिकै सञ्चालनमा आएको छ ।

प्रतिक्रिया