कहाँ-कहाँ भइरहेको छ वर्षा ? तीन दिनको मौसमी विवरण यस्तो !

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव सामान्य रहेको जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज (सोमबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौं उपत्यकाका केही स्थानमा पनि पानी परिरहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी भोलि (मंगलबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै पर्सि (बुधबार) दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।
-फाइल तस्बिर

प्रतिक्रिया