‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’
नेपालखोज
२०७८ भदौ ७ गते १७:२५

काठमाडौं । डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
गीतमा गुरुङको साथै अर्जुन सुनाम र टिका पुनको पनि स्वर रहेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल सांस्कृतिक कलाकर्मी संघ राष्ट्रिय समितिले आयोजना गरेको ‘विमोचन समारोह–२०७८’ मार्फत कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङ्दाम्बे, प्रतिनिधिसभा सदस्य सुजाता परियारलगायतले गीतको भिडिओ विमोचन गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया