कांग्रेस काम गर्छ, कम्युनिस्टको जस्तो गफ गर्दैन : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कामभन्दा गफ बढी गरेको दाबी गरेका छन् ।
डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक कार्यक्रममा बोल्दै उनले ओली सरकारबाट आश्वासनको पोका मात्रै बाँड्ने काम भएको बताए । महतले उक्त गीतको सपलताको कामना गरेका छन् । उनले भने,‘कलाकर्मी साथीहरुले यो गीत ल्याउनुभएको छ, यसमा मेरो शुभकामना छ । बास्तवमा गीत, संगीतमार्फत हुने सञ्चार शक्तिशाली हुन्छ । कम्युनिष्टहरुले धेरै अगाडिदेखि संगीतमार्फत भावना जनतामा पुर्याए । संगठन निर्माण गरे । यद्धपी उनीहरुको राजनीतकि व्यवहार भने उल्टो थियो । जनता सरल थिए । सोझा थिए, त्यसैले उनीहरुको कुरालाई केही समय त पत्याए ।’
डा.महतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बहुमतसहित सरकारमा आएपनि सरकारको नेतृत्व गरेको व्यक्तिले कामभन्दा बढि गफ गरेको स्मरण गराए । उनले भने,‘त्यो सरकारबाट आश्वासनको पोका मात्रै बाँड्ने काम भयो । बोल्ने एउटा अनि गर्ने अर्कै गरे, त्यो मिथ्या रहेछ । जनतालाइृ झुकाउने काम मात्रै गरे । हामी कांग्रेस काम गर्छौं । तर, जनतामा यो पुग्दैन् । तर, कम्युनिस्टहरु भने हामीले गरेको भन्दै जनतामा पुग्छन् ।’

प्रतिक्रिया