चौथाइवालेले किन भेटे प्रचण्डलाई ?

नेपालखोज २०७८ भदौ ७ गते १८:५७

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाली शीर्ष नेताहरुसँगको भेटवार्तालाई तिब्रता दिएका छन् ।

हिजो(आइतबार) प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका चौथाइवालेले आज(सोमबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् ।उनले प्रचण्डको निवास खुमल्टारमा भेटघाट भेट गरेका हुन्।

प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारका साथै अन्य विषयमा पनि खुलेर छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिए । केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया