नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ भदौ ८ गते ७:००

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (मंगलबार) बस्दै छ । बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका थिए ।
उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्, योगेश भट्टराईलगायत नेताले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आजसम्मको समय दिएका हुन् ।
आजको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वानसमेत गर्ने सम्भावना रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया