२ हजार ५२५ संक्रमित थपिए, ३५ जनाको मृत्यु
नेपालखोज
२०७८ भदौ ८ गते १७:३४

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९०९ जनाको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित देशभर हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ पुगेको छ ।
अझै देशभर ३८ हजार २५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसमध्ये ६ सय २० संक्रमितको सघन उपचार कक्षमा उपचार जारी रहेको छ । १ सय ७० जनाको भेन्टिलेटरमा उपचार भैरहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया