काठमाडौं उपत्यकामा थप ६८९ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ भदौ ८ गते १८:२७

काठमाडौं । काठमाडौ उपत्यकामा थप ६ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ सय १८, ललितपुरमा १ सय १९ तथा भक्तपुरमा ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८ सय ८३, भक्तपुरमा एक हजार ४ सय १६ तथा ललितपुरमा दुई हजार २ सय ५९ जना रहेको बताइएको छ ।

प्रतिक्रिया