पार्टी दर्ताका लागि आवश्यक संख्या छ : झाँक्री

नेपालखोज २०७८ भदौ ८ गते २०:४४

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी दर्ताका लागि आफूहरूसँग आवश्यक संख्या रहेको दाबी गरेकी छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले पार्टीका दर्ताका लागि आफूहरू भोलि निर्वाचन आयोग जान लागेको र ‘बाहिर चलेजस्तो कानुन बमोजिम आवश्यक संख्या नपुग्ने भन्ने’ नरहेको जिकिर गरेका हुन् ।

झाँक्रीले अहिले आफूहरूबीच पार्टीको अन्तरिम विधान, नियमावली, पार्टीको घोषणा र कम्युनिस्ट आन्दोलनको पुनर्जागरण किन भन्ने विषयमा छलफल भइरहेको उनले लेखेका छन् । नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको नेपाल पक्षलाई आयोगले सनाखतका लागि भोलि बोलाएको छ ।

प्रतिक्रिया