सुनको मूल्य घट्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ भदौ ९ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ भने, चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला तीन सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार आठ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । चाँदी आज तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया