सनाखतका लागि लोसपाका नेताहरु निर्वाचन आयोगमा

नेपालखोज २०७८ भदौ ९ गते १२:३८

काठमाडौं । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।

निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ ।

प्रतिक्रिया