सुदूरपश्चिममा जनमोर्चा विभाजित

नेपालखोज २०७८ भदौ ९ गते १५:३९

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टी विभाजित भएको छ।

जनमोर्चाका प्रदेश कमिटी अध्यक्ष नन्दलाल भट्टको समूहलाई छलेर उपाध्यक्ष लोकेन्द्र लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन भएसँगै सुदूरपश्चिममा जनमोर्चा टुक्रिएको हो ।

धनगढीमा आयोजित प्रदेश स्तरीय भेलाले लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको छ । नयाँ कमिटिको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आर्चाय, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी चयन भएको बताइएको छ ।

प्रतिक्रिया