वरिष्ठ अधिवक्ता पन्नामान तुलाधरको निधन
नेपालखोज
२०७८ भदौ ९ गते १७:२१

काठमाडौं । सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ता पन्नामान तुलाधरको निधन प्रति दुःख दुुःख व्यक्त गरेको छ ।
तुलाधरको ८१ वर्षको उमेरमा बुधबार निधन भएको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आजै प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च बारका सदस्यसमेत रहेका तुुलाधारको निधनबाट न्याय तथा कानूनी क्षेत्रमा गहिरो क्षति भएको बताएका छन् ।
निरन्तर कानून व्यवसायमा रहेर न्याय तथा कानूनी क्षेत्रमा विशिष्ट योगदान गर्न सफल एक कुशल, निर्भिक एवं आर्दश व्यक्तित्व गुमाएको अनुुभूति भएको र उनको योगदानको सधैँ अविस्मरणीय रहने सर्वोच्च बारले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया