मुद्दाको पेसी तोक्ने प्रक्रियामा भ्रष्टाचार बढ्यो : सर्वोच्च

काठमााडौं । न्याय क्षेत्रमा हुने विकृति र त्यसको रोकथाम गर्न सर्वोच्च अदालतले प्रतिवेदन सार्वनिक गरेको छ ।
बुधबार न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदनमा अनियमितता भ्रष्टाचार र बिचौलियाबाट हुनसक्ने क्रियाकलापहरू र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायहरूका बारेमा उल्लेख गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्देशनअनुसार उक्त प्रतिवेदन सार्वजनिक गरिएको छ । समितिमा न्यायाधीश प्रकाशमानसिंह राउत, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौडेल, नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, सर्वोच्चका सह–रजिस्ट्रार नारायणप्रसाद पौडेल र सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे सदस्य रहेका छन् ।
अहिलेको पद्धतिअनुसार इजलास गठन र मुद्दाको पेसी तोक्ने प्रक्रियामा भ्रष्टाचार बढेको प्रतिवेदनमा उल्लेख छ । अहिलेको पेसी तोक्ने पद्धतीलाई विस्थापित गरेर गोलाप्रथा प्रणाली सुरु गरिने भएको छ । उक्त प्रणालीको विकास गर्न प्रधानन्यायाधीश जबराले निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया