नेकपा (एकीकृत समाजवादी) र लोसपाले पाए राजनीतिक दलको मान्यता

नेपालखोज २०७८ भदौ ९ गते २१:४९

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।

आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा (एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन् ।

May be an image of text that says '9 निर्वाचन आयोग, नेपाल ELECTION COMMISSION, NEPAL निर्वाचन कान्तिपथ, माडौ राजनीतिक दल दर्ता नम्वर:- १६६ राजनीतिक दल दर्ता प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलवाट छुह्रिई बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्वन्धी ऐन, २०७३(दोसो संशोधन अध्यादेश, २०७૬) को दफा ३३ वमोजिम निर्वाचन आयोगमा दर्ता गर्नें गरी आयोगवाट मिति २०७६/०५/०९ मा निर्णय भएकोले यो प्रमाणपत्र दिइएको छ। राजनीतिक दलको पूरा नाम:- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगाना:- नया बानेश्वर, बानेश्वर,काठमाडौ। २०७5/०५/०९ सुरेश अधिकारी) सचिव'

राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो । दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइरालाको मात्र आज सनाखत हुन सकेन ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् । सङ्घीय संसद्का २९ जना सांसदले पनि नयाँ दलका पक्षमा सनाखत गरेका छन् । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्तखत नभए पनि आज उक्त दलका पक्षमा सनाखतका लागि आयोग पुगेका हुन्।

एमालेबाट विभाजन भएका हुनाले उक्त दलको तत्कालीन कायम रहेको २०३ मध्ये दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य समर्थन आवश्यक थियो । महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले आजै दलको मान्यता दिएको छ ।

May be an image of text

प्रतिक्रिया