ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर, ७ दशलव २९ प्रतिशतमै विद्युतिय सवारी कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यो वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस(ड्राईभ उत्सव योजना अन्तर्गत सात दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियमसहित)मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत सेवाग्राहीले सात वर्षसम्मको अवधिका लागि आठ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियमसहित)मा अन्य सवारी साधन कर्जाका साथै आठ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा पाँच वर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्तगर्न सक्नेछन् ।
यो योजना निजी प्रयोजनको लागि विभिन्न नयाँ सवारी साधन खरिदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको दुुई कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ ।
बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।
यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले सात दसमलव ९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदर मै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।
प्रतिक्रिया