आइतबार, वैशाख १६, २०८१

उमेर कटेपछि पनि आमा बन्ने रहर !

नेपालखोज २०७८ भदौ १० गते १३:५२

काठमाडौं । बलिउड र टेलिभिजनको संसारमा यस्ता कतिपय अभिनेत्रीहरु छन् जसले आमा बन्न आफ्नो अन्ड (एग) फ्रिज गरेर सुरक्षित राखेका छन् । ती अभिनेत्रीमध्ये केही अभिनेत्रीको विवाह पनि भएको छैन भने केहीको लेट म्यारिज भएको छ । पाको उमेरमा आमा बन्न नसकेर कतै मातृत्व सुखबाटै वञ्चित हुनु नपरोस् भनेर उनीहरुले बेलैमा ‘एग फ्रिज’ गर्ने काम गरेका हुन् ।

तनीषा मुखर्जी :
तनीषाले आफू ३९ वर्ष छँदै आफ्नो ‘एग फ्रिज’ गराएकी थिइन् । अहिले तनीषा ४३ वर्षकी भइन् । उनले अहिलेसम्म विवाह गरेकी छैनन् । तनीषाका अनुसार उमेरले नेटो काटेपछि उनी आमा बन्न सक्ने छैनन् । त्यसैले तनीषाले बेलैमा आफ्नो एग फ्रिज गराएकी हुन् किनभने उनी भविष्यमा आमा बन्न चाहन्छिन् ।

मोना सिंह :
जस्सी जैसी कोही नहीं की एक्ट्रेस मोना सिंहले ३७ वर्षको उमेरमा विवाह गरेकी हुन् । मोनाले त्यसअघि नै ३४ वर्षको उमेरमा आफ्नो ‘एग फ्रिज’ गराएकी थिइन् । मोनाको मनसाय विवाहलगत्तै आमा बन्ने थिएन । उनी विवाहपछि पतिका साथ वर्ल्ड टुर गर्न चाहन्थिन्, आफ्ना पतिसँग समय बिताउन चाहन्थिन् त्यसैले मोनाले आफ्नो ‘एग फ्रिज’ गराएकी हुन् ।

एकता कपुर :
टेलिभिजन क्‍विन एकता कपुरले पनि आमा बन्न ३६ वर्षको उमेरमा आफ्नो ‘एग फ्रिज’ गराएकी थिइन् । उनी सरोगेसीमार्फत एउटा छोराकी आमा पनि भइसकेकी छन् । एकताले अहिलेसम्म विवाह भने गरेकी छैनन् ।

राखी सावन्त :
बिग बोस सिजन-१४ की फाइनलिस्ट राखी सावन्तले पनि आमा बन्न आफ्नो ‘एग फ्रिज’ गराइसकेकी छन् । यो प्रक्रियामा उनले हार्मोनल परिवर्तनको समस्याबाट पनि गुज्रनु पर्‍यो । यद्यपि अहिले उनी खुसी छन् किनभने उनी आफूले चाहेको कुनै पनि समयमा आफ्नै अन्डबाट सन्तान जन्माउन सक्छिन् ।

प्रतिक्रिया