जेबी टुहुरेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

नेपालखोज २०७८ भदौ १० गते १४:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटर मार्फत कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै टुहुरेको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।


मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहेका टुहुरेको आज (बिहिबार) ७८ बर्षको उमेरमा निधन भएको हो । गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

जेबी टुहुरे संविधान सभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष समेत भएका थिए ।

प्रतिक्रिया