निर्मला हत्याको अनुसन्धान तत्थ्यनजिक पुग्यो : गृहमन्त्री खाँण

नेपालखोज २०७८ भदौ १० गते १५:०६

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्याको अनुसन्धान तथ्यनजिक पुगेको दाबी गरेका छन् ।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगिएको बताएका हुन् ।

अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उनले स्पष्ट पारे । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। २०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो।

प्रतिक्रिया