आइतबार, जेठ ६, २०८१

कालीको पूजा किन गर्ने ?

नेपालखोज २०७८ भदौ ११ गते ५:००

हिन्दु धर्मअनुसार माता माहाकालीलाई शक्ति स्वरुपा देवीको रुपमा पूजा अर्चना गर्ने गरिन्छ । साधक संन्यासी र तान्त्रिकहरु विशेष रुपमा महाकालीलाई पुज्दछन् । काली कालको संहार गर्ने र मोक्ष प्रदान गर्ने देवीको रुपमा उनको पुजा गरिन्छ । शुक्रबार कालीको उपसनाका लागि उनको तस्बिर वा मूर्तिमा स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टीका लगाई र फूल चढाउनुपर्छ ।

त्यसपश्चात् बसेर १०८ पटक ओम क्रीं कालिकायै नमः तथा ओम कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गरिसकेपछि आफ्नो श्रद्धा र अनुसार भोग चढाउनुपर्दछ । माहाकालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तत्काल परिणाम दिने जनविश्वास रहेको छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।

कालीको पूजाबाट
सम्पुर्ण नकारात्मक उर्जा तपाईबाट टाढा जानेछ । सकारात्मक उर्जाको रक्षा हुनेछ । जीवनमा सुख शान्ति शक्ति विद्याको प्राप्ति हुन्छ । अशुद्धता राग द्वेष विघ्न बाधा हटेर जान्छ । आनन्द र मोक्ष प्राप्त हुन्छ ।

त्यस्तै हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा पनि गरिन्छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत लिइ विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने प्रचलन रहँदै आएको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

यस दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ भने व्रतमा अमिलो खानु अशुभ मानिन्छ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिन्छ भन्ने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रङको घोडा दान गर्नुपर्छ । रंगीन वस्त्र, रेशमी कपडा, घ्यू, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ ।

प्रतिक्रिया