शुक्रबार, वैशाख २१, २०८१

काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

नेपालखोज २०७८ भदौ ११ गते ६:४४

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौं’ उनले भने । उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे । अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ ।

तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन् । बीबीसी

प्रतिक्रिया