शुक्रबार, वैशाख २१, २०८१

काबुल आक्रमणमा मृतकको संख्या ९० पुग्यो

नेपालखोज २०७८ भदौ ११ गते १०:४२

काठमाडाैं । काबुल विमानस्थलमा बिहीबार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको संख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् ।

घाइतेहरूको संख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन् ।

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् ।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन् । बीबीसी

प्रतिक्रिया