बिहीबार, वैशाख ६, २०८१

चौबीस घण्टामा थपिए ३०८ संक्रमित, २९८ जना डिस्चार्ज

नेपालखोज २०७८ मंसिर ९ गते १६:३५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १०४ जनाको पीसीआर परीक्षणमा २८१ र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जना गरि कुल ३०८ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २९८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १ हजार ४२० पुगेको छ । नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

प्रतिक्रिया