बुद्धचित्तको दानासहित पक्राउ
नेपालखोज
२०७८ भदौ ११ गते १४:०१

ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दानासहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया