आइतबार, वैशाख ३०, २०८१

मेगा म्युचुअल फन्ड-१ का एकाइमा मागभन्दा बढीको आवेदन

नेपालखोज २०७८ भदौ ११ गते १४:०८

काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड-१’ को प्रतिइकाई मूल्य १० रुपैयाँका दरले १० करोड इकाइमध्ये न्यूनतम एक करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै मागभन्दा बढि आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागितास्वरुप एक लाख ६३ हजार छ सय ४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार छ सय रुपैयाँ बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुनबिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा दुई दशमलव ३७ गुणा बढी आवेदन परेको बैंकले जनाएको छ ।

नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फन्डमा सबै भन्दा धेरै आवेदन यस ‘मेगा म्युचुअल फण्ड-१’ मा प्राप्त भएको छ । यो नयाँ कृतिमान कायम गरेकोमा कम्पनी गौरवान्वित भएको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्त भएको यस विश्वासकाकारण हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ र मेगा म्युचुअल फण्ड–१ प्रति देखाउनु भएको विश्वासको उच्चकदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्न क्रियाशील रहने विश्वास दिलाउन चाहन्छौ, कम्पनीले भनेको छ ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

यस बीचमा कम्पनीलाई सहयोग तथा हौसला प्रदान गर्नुहुने नेपाल धितोपत्र बोर्ड,पत्रकार तथा मिडियाकर्मीहरु, लगानीकर्ताहरु, शुभचिन्तकहरु लगायत अन्य सम्बन्धित सम्पूर्णमा विशेष धन्यवाद तथा आभार ज्ञापन गर्दछौ, कम्पनीले भनेको छ ।

प्रतिक्रिया