संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको मुद्धा नहेर्ने प्रधानन्यायाधी जवराको घोषणा

नेपालखोज २०७८ भदौ ११ गते १५:५७

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा नहेर्ने घोषणा गरेका छन् ।

केपी शर्मा ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट झण्डै ८ महिनापछि शुक्रबार संवैधानिक इजलासको पेशीमा चढेको थियो ।

तर अध्यादेश अनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भनी लिखित जवाफ लेखेकाले प्रधानन्यायाधीश जबरारहीत इजलासमा सुनुवाई हुनुपर्ने रिट निवेदकहरुको माग छ ।

अब उनी विदामा बसेको दिन बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने बताइएको छ । प्रधानन्यायाधीश जबराले यो मुद्दामा अन्तिम सुनुवाइ हुने दिन फैसला आउने दिन विदामा बस्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया