‘चुनाव घोषणा भएपछि सरकारमा जाने सोचौंला’

नेपालखोज २०७८ भदौ ११ गते १७:०७

काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको बताएका छन् ।

शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा संञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने बताए ।

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरि नसकेको स्पष्ट पारे ।

आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा नरहेको स्पष्ट पार्दै उनले चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गर्ने बताए ।

प्रतिक्रिया