बिहीबार, जेठ २, २०८२

राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

नेपालखोज २०७८ भदौ ११ गते २०:५५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएको क्यान सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

क्यानले खुला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानसँग एक वर्षको सम्झौता गरेका उनले आठ महिना नबित्दै राष्ट्रिय टिमबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया