रुखमा नयाँ-नयाँ पालुवा पलाउँदै छन् : ओली

नेपालखोज २०७८ भदौ १२ गते १५:३३

काठमाडौं । शनिबार (आज)युथफोर्सले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहितका नेताहरुलाई व्यङ्ग्य गरेका छन् ।

कार्यक्रममा ओलीले नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा आफूहरुलाई केही फरक नपर्ने बताएका हुन् । उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।

उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसावकिताब लिने जिकिर गरे । ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको उल्लेख गरे ।

प्रतिक्रिया