बाढीपहिरोबाट १० जनाको मृत्यु,४ बेपत्ता
नेपालखोज
२०७८ भदौ १२ गते १६:२३

काठमाडौं । पछिल्लो तीन दिनमा बाढीपहिरोबाट देशका बिभिन्न जिल्लामा थप १० जनाको मृत्यु भएको छ ।
चार जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा नवलपरासी पूर्वमा तीन, पश्चिममा दुई, रूपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक।एक जना रहेका छन् ।
यस्तै बेपत्ता हुनेमा नवलपरासी पश्चिम, रूपन्देही, कैलाली र ललितपुरमा एक।एक जना रहेका छन्।
मृत्यु हुनेमा पाँच पुरूष र पाँच महिला तथा बालिका रहेको प्रहरीले जनाएको छ ।
हराएकाहरुको खोजी कार्य भैरहेको बताइएको छ ।
बाढीपहिरो र डुबानका कारण देशका बिभिन्न ठाउँमा सडक, घरहरू भत्किएका छन् भने तराईका जिल्लामा सयौं घरहरू डुबानमा परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया