मंगलबार, वैशाख १६, २०८२

१ हजार ८५७ संक्रमित थपिए, २७ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ १२ गते १६:५६

काठमाडौं । नेपालमा थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ४ सय ९ पीसीआर परीक्षणमा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टिजेन परीक्षणमा ३ सय ४१ जना गरी १ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २ हजार २ सय २२ जना संक्रमणमुकत भएका छन् । यो सहित देशभर कोरोना जित्नेको संख्या ७ लाख १० हजार ४ सय ५२ पुगेको छ । निको हुनेको दर ९३ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै थप २७ जना संक्रमितको मत्यु भएको छ । यो सहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० पुगेको छ ।

अहिले देशभरका विभिन्न अस्पतालमा ६ सय १५ संक्रमितको सघन उपचार कक्ष तथा १ सय ७४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया