प्रदेश १ मा ४ सय ८३ संक्रमित थपिए, ७ जनाको मृत्यु
नेपालखोज
२०७८ भदौ १२ गते १७:०८

काठमाडौं । प्रदेश नं १ मा थप ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सातसय ७९ को पीसीआर परीक्षण गर्दा २७२ मा र एक हजार १०३ को एन्टिजेन परीक्षण गर्दा २११ को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीमा १२०, मोरङमा ७५ झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा चार । चार, सङ्खुवासभामा दुई, धनकुटा, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको थियो ।
आज ४ सय ९७ जना कोरोना सङ्क्रमणमुक्त भएकामा २४३ महिला र २५४ पुरुष रहेका छन् ।
यस अबधिमा ४ महिलासहित ७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया