कांग्रेसबाट फुटेको कांग्रेस (बीपी) को महाधिवेशन भदौ ३० बाट
नेपालखोज
२०७८ भदौ १२ गते १८:३०

काठमाडौं । नेपाली कांग्रेसबाट फुटेको नेपाली कांग्रेस (वीपी)को विशेष महाधिवेशन सम्पन्न गर्न मुलआयोजक समिति सहित १५ समिती तथा उप समिति गठन गरिएको छ ।
पार्टीको भाद्र ३०,३१ र असोज १ गते हुने विशेष महाधिवेशनको तयारीको लागि बसेको केन्द्रीय समिति बैठकले समिति गठन गरेको हो ।
बैठकले पार्टी बिधान, नियमावली विशेष महाधिवेशनको नारा, निर्वाचन निर्देशिका सम्बन्धमा निर्णय गर्दै विशेष महाधिवेशनलाई भव्य र सव्यरुपमा सम्पन्न गर्ने निर्णय गर्दै बैठकले विशेष महाधिवेशन मुल आयोजक समिती सहित विभिन्न १५ आवश्यक समिति तथा उप समिति गठन गरेको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांगे्रस (वीपी)मा प्रवेश गरेकालाई सभापति हरिबोल भट्टराईले स्वागत गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया