‘ओलीले जाली तमसुक गराएर ममाथि ठगी गरे’

नेपालखोज २०७८ भदौ १२ गते १९:३६

काठमाडौं । नेकपा (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् ।

दाहालले अध्यक्ष र प्रधानमन्त्री आधाआधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरेका हुन् । वाईसियल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएको जिकिर गरे ।

दाहालले भने,‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ त्यो त । हामीले चाँही उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, विचारा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

अध्यक्ष दाहालले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको समेत बताए ।

प्रतिक्रिया