शनिबार, वैशाख २९, २०८१

आसियान लुमिनरीहरुले समावेशी डिजिटल व्यापार इकोसिस्टमका लागि आह्वान

नेपालखोज २०७८ भदौ १२ गते १०:३०

NIKKEI समूह र ISEAS व्दारा आयोजित – युसोफ इशाक इन्स्टिच्यूट (ISEAS), “ NIKKEI-ISEAS फोरम ले दक्षिण पूर्वी एशिया र आसियानमा व्यापारको डिजिटलाइजिंग (Nikkei-ISEAS Forum on Digitalizing Trade in South East Asia and ASEAN) बारे कोओर्डिनेटिंग मिनिस्ट्रि फर इकोनोमिक अफेर्स, इण्डोनेशिया, आर्थिक सहयोग र विकास संगठन (OECD), ISEAS, हनी कन्सल्टिंग लिमिटेड र ह्वावेबाट लुमिनरीहरुलाई डिजिटल व्यापारको सम्भावना खोल्न एकै ठाउँ ल्याएको थियो । एक कनेक्टेड, समावेशी र बहुपक्षीय डिजिटल व्यापार इकोसिस्टमको आवश्यकता बारे छलफलमा जोड दिइएको थियो ।

कोभिड–१९ संकटले डिजिटल प्रविधिको प्रयोगलाई तीव्र बनाएको छ । आसियानले भविष्यवाणी गरेको छ कि डिजिटल अर्थव्यवस्था क्षेत्रीय GDP मा एक ट्रिलियन अमेरिकी डलर योगदान गर्नेछ । थर्ड–पार्टिको डाटाले SEA जनसंख्या को १३२ % संग मोबाइल कनेक्सन भएको, ४६३ मिलियन मानिसहरु इन्टरनेट प्रयोगकर्ताहरु रहेको देखाउँदछ ।

त्यहाँ धेरै थरीको व्यापार सम्झौताले बिभिन्न क्षेत्रहरुलाई जोडेको छ । डिजिटल व्यापार इकोसिस्टमको निर्माणमा सहयोगको महत्व बारे फोरममा सहभागीहरुको तर्फबाट प्रतिध्वनि आएको थियो । निर्देशक र सीईओ, ISEAS – युसोफ इशाक संस्थान चोई शिंग क्वोकले NIKKEI र ह्वावेलाई यो बैठकलाई सहयोग गरेकोले धन्यवाद दिदै भन्नुभयो, “डिजिटल व्यापार आसियानको व्यापारको एक आशाजनक ड्राइभर हो जुन कोभिड–१९ महामारीको समयमा अगाडि आयो र हामी आशा गर्दछौं कि यो महामारी पश्चात प्रबल हुनेछ । व्यापार लागत घटाएर र उत्पादकत्वमा वृद्धि गरेर डिजिटल प्रविधिहरु जस्तै इन्टरनेट अफ थिंग्स (Internet of things), आर्टिफिसियल इन्टेलिजेन्स (AI) र थ्रीडी प्रिन्टिंगले आसियान क्षेत्र सहित विकासशील देशहरुमा व्यापारको बृद्धि दर प्रति वर्ष २.५ प्रतिशत अंक वा २०२१ बाट २०३० सम्म मा २२.५ प्रतिशत  बढाउन सक्छ । ”

एक नीति निर्माताको रूपमा रिपक्लिक अफ इन्डोनेसियाको कोओर्डिनेटिंग मिनिस्ट्रि फर इकोनोमिक अफेर्सको डेपुटि मिनिस्टर, डिजिटल अर्थव्यवस्था, जनशक्ति र  SMEs, डा. रुडी सलाहुद्दीन ले डिजिटल अर्थव्यवस्थाको बढावामा डिजिटल व्यापारको महत्वपूर्ण भूमिकामाथि विशेष गरी फराकिलो आर्थिक रिकभरी महशुश गर्नमा प्रकाश पार्नुभयो । उनले आसियानले आईसीटी पूर्वाधारको बाधा र आईसीटी अपनाउनमा आउने असमान दरको चुनौतिहरुको सामना गर्नुपर्ने उल्लेख गर्नुभयो जसमा ह्वावे लगायत आईसीटी साझेदारहरुले योगदान दिन सक्छन् ।

“डिजिटल व्यापारले क्षेत्रीय आर्थिक पुनरुत्थान र जलवायु संकटको सामना गर्ने जस्ता साझा लक्ष्यहरुलाई सहयोग गर्नको लागि सुनौलो अवसर प्रदान गर्दछ,“ क्रेग बुर्चेल, ग्लोबल ट्रेड अफेर्स, ह्वावेका वरिष्ठ उपाध्यक्षले भन्नुभयो जसले सम्भावना खोल्नको लागि SEA र आसियानको लाभको लागि डिजिटल व्यापारको सहयोगको समर्थन पनि गर्नुभयो । उहाँले “विश्व व्यापार डिग्लोबलाइजेसनको लागत”मा इकोनोमिस्ट रिपोर्टमा डिकपलिङमा एक चेतावनी संकेतको रूपमा उल्लेख गर्नुभयो र अधिक सहयोगको लागि “सबैको लागि टेक्नोलोजी” नीतिलाई आह्वान गर्नुभयो जसले नयाँ व्यापार अवसर सबैको लागि सक्षम पार्नको लागि डिजिटल सेवाहरु जस्तै 5G, क्लाउड र AI लाई अप्टिमाईज गर्दछ ।

डिजिटल व्यापारको एक सार्थक उपायको विकास गर्नको लागि स्टाटिस्टिकल फ्रन्टको थप विकास आवश्यक छ, एनाबेल मोरोगेन, OCED मा व्यापार र उत्पादकता डिभिजनको प्रमुखले भन्नुभयो, “यसले प्रमाणमा आधारित विश्लेषणको समर्थन गर्नेछ र फर्महरुको लगानी छनौट र नीति निर्माणलाई सूचित गर्नेछ । सबै स्टेकहोल्डर, ICT र टेक्नोलोजी प्रदायकहरु एक छिटो परिवर्तन गर्ने वातावरणमा प्रतिबिम्बित रुपमा अग्रिम संलग्न हुन आवश्यक छ। ह्वावेको डिजिटल ट्रेड ह्वाईट पेपर यस सन्दर्भमा बहसको लागि एक उपयोगी योगदान हो ।

हनी कन्सल्टिंग लिमिटेडकी प्रिन्सिपल स्टेफनी हनीले उल्लेख गर्नुभयो कि जब SEA एक जीवन्त डिजिटल व्यापार समुदाय र उपभोक्ता बजारको आनन्द लिइरहँदा क्षेत्रभित्र र बाहिर व्यापार नियमहरुको बिभाजन ले व्यापारहरुलाई डिजिटल अर्थव्यवस्थाको पूर्ण क्षमतालाई महसुस गर्न नसकेको अर्थ आउँदछ । यो नयाँ डिजिटल व्यापार नियमहरुको विकासमा सहयोग, लचकता र बहु–सरोकारवालाको सहभागिता हुन आवश्यक छ र सम्भव भएसम्म धेरै अर्थव्यवस्थाहरुमा दृष्टिकोण एकीकृत गर्नको लागि पनि जरुरी छ । सिंगापुर, न्यूजील्याण्ड र चिली बीच डिजिटल अर्थव्यवस्था साझेदारी जस्तै धेरै इनोभेटिभ क्षेत्रीय सम्झौताहरु नमुनाको रूपमा प्रयोग गर्न सकिन्छ ।

फोरमको समयमा थप स्वस्थ तथा पूर्ण विचार, समावेशी डिजिटल व्यापार नीतिलाई वक्ताहरुले मान्यता दिए । डा. रुडी सलाहुद्दीनले सुझाव दिनुभयो कि क्षेत्र भर नीति निर्माताहरुले डिजिटल अर्थव्यवस्था सक्षम गर्न र डिजिटल व्यापारको लाभको निष्पक्ष साझेदारी सुनिश्चित गर्नको लागि क्रस–कटिंग नियमहरुमा ध्यान केन्द्रित गर्नु पर्छ ताकि यसले डिजिटल व्यापारका साथै व्यापारको सुविधा, डाटा प्रशासन, गोपनीयता, लजिस्टिक र साइबर सुरक्षाका नियम बाट फाइदा लिन सकोस् ।

केहि डिजिटल बिषयहरुमा विश्वको सबैभन्दा ठूलो ट्रेडिंग ब्लकहरुको बीच दृष्टिकोणमा मतभेद भएकोले, क्रेग बर्चेलले जोड दिनुभयो कि “नयाँ नियमहरु र वैश्विक डिजिटल इकोसिस्टमको राम्रो गभरनेन्समा अधिक सहयोगको आवश्यकता छ र यो कामले अभिसरणको सट्टा सहअस्तित्व र अन्तरक्रियात्मकताको खोजी गर्ने एक समावेशी दृष्टिकोणबाट लाभ लिनेछ । ”

“क्षेत्रमा डिजिटल व्यापारको सुविधा” थिम रहेको एक फलोअप वेबिनार सेप्टेम्बर १४ मा संचालनमा आउनेछ । कार्यक्रमपछि ISEAS डिजिटल व्यापारमा एक नीति बारे संक्षिप्त प्रकाशन हुनेछ ।

प्रतिक्रिया