कांग्रेसमा क्रियाशील सदस्यको नाम सार्वजनिक गर्ने क्रम जारी

नेपालखोज २०७८ भदौ १३ गते ७:२३

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्ने क्रम जारी छ ।

कांग्रेसको चौधौं महाधिवेशनका लागि अहिलेसम्म ७७ मध्ये ५३ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक भइसकेको छ । देशका कुल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ८६ निर्वाचन क्षेत्रका क्रियाशील सदस्यको नाम सार्वजनिक भएको छ । ७९ निर्वाचन क्षेत्रको नाम सार्वजनिक हुन बाँकी छ ।

अब, प्रदेश १ को मोरङ र सुनसरी, प्रदेश २ का सबै आठ जिल्ला, वागमती प्रदेशका काठमाडौं, काभ्रे, मकवानपुर, रसुवा र सिन्धुपाल्चोक, गण्डकी प्रदेशको बागलुङ, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र कपिलवस्तु, कर्णाली प्रदेशको डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा, डडेलधुरा र कैलाली जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक हुन बाँकी छ ।

नेपली कांग्रेसको चौधौं महाधिवेशनका लागि हुने स्थानीय तहको नेतृत्व चयन यही भदौ १८ गते वडा तहबाट देशभर एक साथ प्रारम्भ हुँदै छ ।

प्रतिक्रिया