नेपाल बने एकीकृत समाजवादी संसदीय दलका नेता

नेपालखोज २०७८ भदौ १३ गते २३:५५

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले संसदीय दलको नेता चयन गरेको छ । आज (आइतबार) बसेको पार्टी संसदीय दलको बैठकले अध्यक्ष माधवकुमार नेपाललाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बसेको हो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने तयारी गरिरहेको नेकपा (एकीकृत समाजवादी) सँग संघीय संसदमा ३० सांसद छन् ।

प्रतिक्रिया