मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेपालखोज २०७८ भदौ १३ गते १५:०८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

आज बसेको बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई चयन गरेपछि उनलाईनै मन्त्री छान्ने जिम्मा दिएको नेता विरोध खतिवडाले जानकारी दिए ।

नेकपा एमालेबाट विभाजित भएसँगै नेकपा (एकीकृत समाजवादी)प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सम्भवत भोलि(सोमबार)सम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकले बाढीपहिरोबाट पीडित भएकाहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेको छ।

प्रतिक्रिया