एमाले प्रतिनिधि कतातिर लाग्ने ?, आयोगले दियो २१ दिनको समय

नेपालखोज २०७८ भदौ १३ गते १५:४२

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले २१ दिनभित्र निर्वाचन आयोगमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको छ ।

अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्थासमेत छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

प्रतिक्रिया