भोलि नै मन्त्रिपरिषद विस्तारको सम्भावना,को को बन्लान मन्त्री ?

नेपालखोज २०७८ भदौ १३ गते १५:३४

काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन पाँच दलीय गठबन्धनको बैठक भोलि(सोमबार) बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार पाँच दलीय गठबन्धनको बैठक बस्ने सहमति भएको हो ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा तीन नेताबीच मन्त्रिपरिषदलाई चाँडै टुङ्गो लगाउने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ । देउवा प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।

माधव नेपाल नेतृत्वमा नयाँ पार्टी दर्ता भएपछि सरकारलाई पूर्णता दिने सत्तारुढ दलले तयारी गरेको हो ।

पाँच दलीय गठबन्धनमा कांग्रेसलाई सात, जसपा र समाजवादीलाई ६ । ६ मन्त्रालय दिने सहमति बनिसकेको बुझिएको छ ।

प्रतिक्रिया