शनिबार, वैशाख २९, २०८१

‘नेपालमा अटोमोबाइल उद्योगहरु खोल्न सुरु भैसक्यो ’

नेपालखोज २०७८ भदौ १३ गते १७:२०

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अटोमोवाइल उद्योगहरु खोल्न सुरुवात भएको बताएका छन् ।

अध्यक्ष दुलालको नेतृत्वमा गएको सात सदस्यीय मण्डलले नेपाल उद्योग परिसंघका नव निर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई बधाई दिँदै उनले उक्त कुरा बताएका हुन् ।

आइतबार भएको भेटमा दुलालले दुई संस्थाहरु विचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजि क्षेत्रको सवालमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । छलपलमा उनले नाडाले सात वटै प्रदेशमा प्रदेशस्तरिय एशोसिएशनहरु स्थापना भईसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताएका हुन् ।

भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भईसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको भन्दै नीजि क्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसंग सहकार्य गरेर अघि बढन चाहेको बताए । छलफलमा महासचिव सुनिल रिजालले नीजिक्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढने बताए ।

सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाविच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्नेमा जोड दिइन् ।

त्यसैगरी सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा विद्युतिय सवारी साधन समितिका सभापति धु्रव थापाले परिसंघसंग हातेमालो गरेर अघि बढनु पर्ने धारणा राख्दै विद्युतिय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरु रहेको बताए ।

छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले सात सदस्यीय नाडा प्रतिनिधिमण्डललाई आफनो कार्यकक्षमा स्वागत गर्दे नाडासंग पहिलो भेटघाट भएको बताए ।

छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि पहल भईरहेको उल्लेख गरेका छन् । नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा सुभआशिस थपलिया समेतको उपस्थितिमा छलफल भएको थियो ।

प्रतिक्रिया