बुधबार, जेठ १६, २०८१

सीबीफीन र एडीबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने

नेपालखोज २०७८ चैत ४ गते २०:५२

काठमाडौं । सीबीफीन र एडीबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्तरूपमा काम गर्ने भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) को नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद (logistics) पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका हुन् ।

सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका  एडीबी (ADB) मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी नेपाललाई अबको दिनमा Infrastructure Financing Mechanism, Micro Entrepreneurship Development Project, SME Financing आवस्यक भएको उनले बताए ।

परकाशले कुनै प्रक्रियागत बाधाबीना उचित ब्याज दरमा जोड दिए । ताकि एमएसएमईहरुलाई प्रभावकारीरूपमा सञ्चालन गर्न धितो-रहित ऋण दियो भने मात्र उनीहरु बाच्न सक्छन । महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक भएकाे बताउँदै उनले महिलालाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट व्यवसाय प्रवर्द्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठुलो सहयोग पुग्ने सुझाब दिए।

बैठकमा CBFIN का अध्यक्ष पवनकुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे, जसले गर्दा तरलताको समस्या पनि समाधान हुने र  बैंक तथा वित्तीय संस्थाहरूले नीजि क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने र व्यावसायिक क्षेत्रका उद्यमीहरूले काेराेनाले थला परेका उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित हुने बताए ।

प्रतिक्रिया