मानवसेवा आश्रममा १६ सयको बास

काठमाडौं । मानवसेवा आश्रम (मानवता प्रर्वधन महाअभियान) ले सेवा सुरुवात गरेको दश बर्ष लागेको छ ।
मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका सहयोगापेक्षी व्यक्तिहरुको उद्धार एवं त्यसपश्चातको व्यवस्थापन गर्दै आइरहेको छ ।
सडकपेटी र सार्वजनिक स्थलमा रहेका बालबालिका र वृद्धवृद्धाहरुको लागि विभिन्न वृद्धाश्रम र बालगृह रहेको तर मनोरोगी र आफ्नो परिचय समेत पहिचान नभएका व्यक्तिहरुको संरक्षणका लागि कोही पनि नभएको स्मरण गर्दै संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको कल्पना गरिएको जानकारी दिए ।
उनले भने, ‘हामीले सडकमा मानसिक रुपमा कमजोर व्यक्तिहरु देख्थ्यौं तर परिचय नभएका व्याक्तिहरु राख्ने संस्थाहरु थिएनन् । देखेपछि मनले मानेन अनि मानवसेवा आश्रमको कल्पना भयो । हाल मानवसेवा आश्रमले प्रत्यक्ष रुपमा सातै प्रदेशको १६ जिल्लाबाट सेवा प्रदान गर्दै आइरहेको छ। उद्धारका कार्य भने ७७ वटै जिल्लाबाट गर्दै आइरहेको छ’ ।
मानवसेवा आश्रमले सुरुवाती समयमा सेवा कार्यलाई मात्र अगाडी बढाएकोमा पछिल्लो ४ बर्षदेखि सरकारलाई दायित्वबोध गराउने र स्थानीय सरकार सन्चालन ऐन लागु गराउने प्रयास गरिरहेको उनले बताए ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ५ जना सडकमानवहरुको उद्धार गरि सेवा सुरुवात गरिएको र हालको अवस्थामा आश्रममा करिब १ हजार ६ सय जना आश्रित नै रहेको अवस्थालाई स्मरण गर्दै सेवालाई अनुभूति गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
हाल मानवसेवा आश्रमको १६ जिल्लाको छानामुनी १हजार ५ सय ७० जना व्यक्तिहरु आश्रित रहेको अधिकारीले बताए ।
प्रतिक्रिया