भीम रावलहरुकै कारण एमाले विभाजन भयो : पाण्डे

काठमाडौं । नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरुकै कारण माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा उनले माधव नेपालको एक्लो प्रयत्नले पार्टी विभाजन नभएको जिकिर गरे । स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा विभाजनसम्म पुगेको उनको तर्क छ ।
१५ जना स्थायी कमिटी सदस्यहरुले विभाजनको लागि दबाब दिएको उनले खुलासा गरे । माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पुर्याउने काम नै भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईहरुले गरेको उनको आरोप थियो ।
उनले भने,‘अहिले पनि मेरो मध्यमार्गी नेताहरुसँग फोनमा कुरा भैरहेको छ, मैले उहाँहरुलाई माधव नेपाललाई किन फर्काउन सक्नुभएन भनेर सोधेको छु ? सम्भवतः माधव नेपालको पार्टीको आज लेखिएको विधान हिजो माधव नेपालसँग रहेका स्थायी कमिटीकै सदस्यहरुको संलग्नतामा लेखिएको हो ।’पार्टी विभाजनमा जाँदा दुःख लागेको पनि उनले सुनाए ।

प्रतिक्रिया